Headlineअपराध घटनासमाचार

झुट्ठा आश्वासन देखाई २६ लाख बराबरकाे रकम ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, ९ पुस – काठमाडौं महानगरपलिका-१० पुरानो बानेश्वर बस्ने उदयपुरका ३५ वर्षीय सूर्य बहादुर डाँगीलाई रकम ठगी गरेकाे आराेपमा सोमबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं लैनचौरस्थित युरो एसिया यजुकेशन कन्सल्ट प्रालिका संचालक त्रियुगा नगरपालिका-६ जलजले घर भएका ३५ वर्षीय डाँगीले अध्ययनको लागि युएसए, क्यानडा, अष्ट्रेलिया, युके लगायतकादेशहरूमा पठाउँछु भनी उक्त रकम ठगी गरेकाे बुझिएकाे छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार उनले कलेज फि, इन्सुरेन्स पोलिसि समेतको लागि International Dollar Card मार्फत भुक्तानी गर्दा छिटो र सहज हुन्छ भनि आफ्नो कम्पनीको नाममा रहेको बैंक खातामा रकम जम्मा गर्न लगाई झुट्ठा आश्वासन देखाई विश्वासमा पारी पीडितहरूबाट २६ लाख ८ हजार ५ सय ६५ रूपैयाँ ठगी गरेको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं लैनचौरबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको जनाइएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button