Headlineमुख्यसमाचार

२०८२ पुस ९ गते मंगलबार (२३ डिसेम्बर २०२५) दिनभरिका प्रमुख संक्षिप्त समाचारहरू

स्वदेश समाचार

-राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबीच बुधबार छलफल भएको छ । राष्ट्रपतिको पहलमा प्रधानमन्त्री कार्कीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेकी हुन् ।

जेनजी आन्दोलनको बलमा कार्की प्रधानमन्त्री बनेको १०० दिन नाघिसकेपछि पहिलोपटक तीन शीर्ष नेतासँग भेटवार्ता भएको हो । तीनै शीर्ष नेतासँग भेट्न मन छैन भनेर सुशीलाले दिएको अभिव्यक्तिका कारण दलहरू चिढिएका थिए । योसँगै सरकार र दलहरुबीचको संवादहीनता अन्त्य भएको छ ।

-भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङ र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) छविराज रिजाललाई भ्रमण फुकुवा गर्ने निर्णय गरेको छ । आयोगले तीनै जनाको बयान सकाएपछि विदेश भ्रमण र उपत्यका छाड्न नपाउने व्यवस्थालाई फुकुवा गरेको हो । यो निर्णयसँगै उनीहरुलाई राहत मिलेको छ ।

-नेपाली कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको काम १० वटा जिल्लाले पूरा नगरेको पाइएको छ । कोशी प्रदेशका संखुवासभा र खोटाङसँगै १० जिल्लाले क्रियाशील सदस्यता नवीकरण नगरेका पार्टी क्रियाशील व्यवस्थापन समितिले जनाएको छ । समितिका सदस्य योगेन्द्र चौधरीका अनुसार १० जिल्लाका समितिहरूले क्षेत्रीय कार्यसमितिबाट विवरण लिएर कम्प्युटर इन्ट्रीको काम गर्न सकेका छैनन्।

-संसद् पुनस्स्थापनाको माग गर्दै नेपाली कांग्रेसका ५७, अन्य दलका २ र एक जना स्वतन्त्र निवर्तमान सांसदले सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका छन् । उक्त निवेदन दर्ता समेत भइसकेको पूर्वमहान्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता खम्मबहादुर खातीले लोकान्तरलाई जानकारी दिए ।

-नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आगामी फागुनमा हुने निर्वाचनमा जान कांग्रेस तयार रहेको बताएका छन् । सन्तनेता कृष्णप्रसाद भट्टराईको १०२औं जन्मजयन्तीको अवसरमा ‘कृष्णप्रसाद भट्टराई केन्द्र’ले मंगलबार आयोजना गरेको कार्यक्रममा नेता डा। कोइरालाले शान्तिसुरक्षाको पूर्ण प्रत्याभूति भए कांग्रेसलाई निर्वाचनमा जान कुनै आपत्ति नभएको बताए ।

-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि पर्सा निर्वाचन क्षेत्र नम्बर ३ बाट केन्द्रीय उपाध्यक्ष रवीन्द्र मिश्रलाई प्रत्यक्षतर्फ पहिलो प्राथमिकतामा राख्दै उम्मेदवार सिफारिस गरेको छ । राप्रपा पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ कार्यसमितिको मंगलबार बसेको बैठकले आगामी फागुन २९ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको हो । सो निर्णयअनुसार क्षेत्रीय कार्यसमितिले जिल्ला कार्यसमिति पर्सालाई उम्मेदवारहरूको नामावली पठाएको छ ।

-सरकार र प्रमुख दलहरूले आगामी ५ मार्चको प्रतिनिधि सभा निर्वाचन सफल बनाउन सहमति गरेका छन्। पूर्वगृहमन्त्री कृष्णप्रसाद लेखकलाई गत भदौ ८–९ का घटनाबारे बयान दिन बोलाइएको छ। आयोगले पूर्वप्रधानमन्त्री केपी ओलीलाई पनि नोटिस पठाउने तयारी गरेको छ।

विदेश समाचार

अमेरिकी अर्थतन्त्र: डिसेम्बरमा उपभोक्ता विश्वास सूचकांक घटेर ८९.१ मा पुगेको छ।

धातु बजार: सुन र चाँदीले १९७९ पछि सबैभन्दा राम्रो वर्षको प्रदर्शन गर्दै रेकर्ड नजिक।

भारत: दिल्लीमा निजी विद्यालय शुल्क नियमन गर्न नयाँ कानुन लागू, अभिभावकलाई निर्णय प्रक्रियामा सहभागी गराउने व्यवस्था।

अमेरिका: पेन्टागनले प्रशान्त महासागरमा एउटा डुङ्गा विस्फोट गराएको, यसलाई लागूपदार्थ तस्करीमा संलग्न भएको दाबी; तर प्रमाण प्रस्तुत नगरेको भन्दै विवाद।

रूस: नयाँ इन्जिनसहितको Su-57 लडाकु विमान सफलतापूर्वक पहिलो उडान।

मध्यपूर्व: अन्तर्राष्ट्रिय पत्रिकाहरूले गाजामा इजरायलको आक्रमण रोक्न माग गर्दै शीर्ष समाचार प्रकाशित

खबर स्राेतः विभिन्न अनलाइन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
4
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button