दोलखाको तीन वटा पालिकाले हटाए मृत्यु भएका मतदाताकाे नाम

दाेलखा पुस ८ – निर्वाचन कार्यालय दोलखाले मुत्यु भएका मतदाताको नाम मतदाता नामावलीबाट हटाउन परिपत्रसहितकाे दोलखाको तीन वटा पालिकाले हटाएका छन् ।
निर्वाचन कार्यालय दोलखाका सुचना अधिकारी विशाल केसीले जानकारी दिए अनुसार जिल्लाको मेलुङ,वैतेश्वर र कालिञ्चोक गाउँपालिकाले मात्रै मुत्यु भईसकेका मतदाताहरुको नाम मतदाता नामावलीबाट हटाइएका छन् ।
सूचना अधिकारी केसीले जिल्लाको कालिञ्चोक गाउँपालिकामा१४ जना, मेलुङमा ४७ जना र वैतेश्वर गाउँपालिका मा ६८ जना गरि १ सय २९जना मुत्यु भईसकेका मतदाताहरुको मतदाता नामावलीबाट नाम हटाईएको बतमएका छन् ।
दाेलखा जिल्लामा २ वटा नगरपालिकासहित ९ पालिका रहेकाे भएपनि भीमेश्वर नगरपालिका,जिरी नगरपालिका, गौरीशंकर,विगु, शैलुङ र तामाकोशी गाउँपालिकाले मृत्यु भइसकेका मतदाताकाे नाम हटाउने प्रक्रिया थालेकै छैनन् भनिएकाे छ ।
जिल्लाको कालिञ्चोक गाउँपालिकामा१४ जना, मेलुङमा ४७ जना र वैतेश्वर गाउँपालिका मा ६८ जना गरि १ सय २९जना मुत्यु भईसकेका मतदाताहरुको मतदाता नामावलीबाट नाम हटाईएको बताइएकाे छ ।