Headlineमुख्यसमाचार

सिद्धार्थ राजमार्ग सुरुङमार्ग निर्माण ६५% काम सम्पन्न

पुस ७ काठमाडाैं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ मार्ग निर्माण ६५ प्रतिशत सकिएको छ ।

निर्माण प्रगति विवरण अनुसार मुख्य सुरुङमार्गको ६५% र वित्तीय प्रगति ५६% काम सम्पन्न भएकाे आयोजनाले जनाएकाे छ । जसमा ११२६ मिटर लम्बाइको मुख्य सुरुङ तयार हुनुका साथै १५१, १६१ र १३० मिटर लम्बाइका तीन पाइपास सुरुङ पनि सम्पन्न भएकाे जनाएकाे छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले सुरुङमार्ग निर्माणस्थलको आइतबार अनुगमन गरी निर्माणलाई तिब्रता दिई तोकिएकै समयमा काम सम्पन्न गर्न आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button