Headlineघटना दुर्घटनासमाचार

२ बाइक एकआपसमा ठाेक्किंदा सतुङ्गल निवासी एक युवककाे मृत्यु

काठमाडौँ, १ पुस । काठमाडाैं जिल्लाकाे चन्द्रागिरि नगरपालिका–१२ सतुङ्गलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा साेही स्थान निवासी एक जनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।

स्थानीय प्रहरीले दिएकाे जानकारी अनुसार बागमती प्रदेश ३–०२–००६ प ९५३२ नम्बरको मोटरसाइकल र बा.प्र ०२–०६१ प ३८३५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा प्रदेश ३–०२–००६ प ९५३२ नम्बरको मोटरसाइकलका चालक २५ वर्षीय आयुष महर्जनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको एपीएफ अस्पताल बलम्बुमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका अर्को मोटरसाइकलका एकजना चालकको भने सोही अस्पतालमा उपचार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button