Headlineअन्तराष्ट्रियअपराध घटना

जम्मु–काश्मिरको नौगाम प्रहरी स्टेसनमा विस्फाेट ९काे मृत्यु २९ घाइते

काठमाडाैं । भारतकाे जम्मु–काश्मिरको श्रीनगरस्थित नौगाम प्रहरी स्टेसनमा शुक्रबार मध्यराति भएको शक्तिशाली विस्फोटकाे पछिल्लाे जानकारी अनुसार मृत्यु हुनेकाे संख्या ९ पुगेको छ भने २९ जना घाइते भएका छन् ।

भारतीय सञ्चारमाध्यमले जनाए अनुसार उक्त भयावह घटनामा घाइते भएकाहरूमध्ये पाँच जनाको अवस्था अत्यन्त गम्भीर रहेकोले मृतकको संख्या अझै बढ्न सक्ने जनाएका छन् ।

प्रारम्भिक अनुसन्धानले नौगाम प्रहरी स्टेसनमै राखिएको विस्फोटक पदार्थ अमोनियम नाइट्रेट भएको पुष्टि भएको छ । यही रासायनिक पदार्थ केही दिनअघि दिल्लीको लालकिल्ला नजिकै भएको कार बम विस्फोटमा पनि प्रयोग गरिएको थियो ।

काश्मिर सुरक्षा अधिकारीका अनुसार विस्फोटको शक्ति यति तीव्र थियो कि धेरै शव क्षतविक्षत अवस्थामा भेटिएका थिए, जसले पहिचान प्रक्रियामा समस्या देखिएकाे छ । विस्फोटपछि वरिपरिका धेरै कारमा आगलागी फैलिएको थियो, जसले क्षति अझ व्यापक बनायो ।

केही दिनअघि काश्मिर प्रहरीले एक डाक्टरलाई पक्राउ गर्दै ठूलो परिमाणमा विस्फोटक बरामद गरेको थियो । डा. मुजम्मिल गनाईको हरियाणाको फरिदाबादस्थित भाडाको घरबाट प्रहरीले करिब ३६० किलोग्राम अमोनियम नाइट्रेट जफत गरेको हो । 

खबर स्राेतः भारतीय सञ्चार माध्यम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button