Headlineसमाचारस्वास्थ

आर्थिक संकटबीच पशुपति चौलागाई स्मृति अस्पताल सेवामा निरन्तर

चरिकोटको पशुपति चौलागाई अस्पतालको संघर्ष

दाेलखा, चरिकाेट – दाेलखा जिल्लाकाे सदरमुकाम चरिकोटस्थित पशुपति चौलागाई स्मृति अस्पतालले गहिरो आर्थिक संकटका बीच पनि सेवा निरन्तर राख्न संघर्ष गरिरहेको जानकारी प्राप्त भएकाे छ।

अस्पतालमा आन्तरिक स्रोत सीमित हुँदा र स्वास्थ्य बीमा बोर्डले १५ महिनादेखि ८४ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी राखेको छ भने हालसालै मात्र १० हजार रुपैयाँ पठाएको हुँदा स्वास्थ्य बीमा गरिएका बिरामीलाई आवश्यक सबै औषधी उपलब्ध गराउन नसकिएको अस्पताल सञ्चालक समिति अध्यक्ष सुवास रिमालले बताए।

मेडिकल सुपरिटेन्डेन्ट डा. लक्ष्मण खड्काले जानकारी दिए अनुसार आर्थिक अभावकै कारण अस्पतालले यस वर्ष औषधी खरिद गर्न नसकेको र गत वर्ष ४० लाखको औषधी खरिद गरिएको बताइएकाे छ । सरकारले निःशुल्क उपलब्ध गराउने ३२ प्रकारका औषधीमध्ये धेरैजसो औषधी प्राप्त नभएको र पटक–पटक माग फारम पठाउँदा पनि औषधी नपठाइएको अस्पताल स्रोतको भनाइ छ।

यस्तो संकटका बीच पनि अस्पतालले ओपिडी, एक्स–रे, इसिजी, सामान्य तथा सिजेरियन डेलिभरी, दन्त सेवा, खोप, परिवार नियोजन, जटिल शल्यक्रिया, अर्भवती जाँच, सुरक्षित गर्भपतन, हाडजोर्नी, मानसिक रोग, नाक, कान, घाँटी, छाला रोग, डायलाइसिस लगायतका सेवा निरन्तर दिइरहेको छ। केही सेवा निःशुल्क र केही न्यून शुल्कमा उपलब्ध गराइँदै आएको छ।

उक्त अस्पतालमा मासिक सरदर छ हजार बिरामीले सेवा सुविधाकाे नाममा एमडिजिपी, सर्जन र एमबीबीएस गरी १९ जना चिकित्सक कार्यरत छन् भने त्यहाँ जम्मा ५१ बेडको सुविधा दिइएकाे छ। जहाँ स्वास्थ्य बीमामा आवद्ध १२०० बिरामीले सेवा लिइरहेका छन् भने सात जनाले नियमित डायलाइसिस सेवा लिइरहेका छन्।

अस्पतालले भर्ना हुने बिरामीलाई निःशुल्क बेड र खानाको व्यवस्था समेत गरिरहेको छ। सामाजिक सञ्जालमा आएका गुनासोहरूप्रति प्रतिक्रिया दिँदै अध्यक्ष रिमालले सबै सेवा ठप्प भएको होइन, तर आर्थिक अभावले केही सेवा प्रभावित भएको स्वीकार गरे।

अस्पतालले सेवा निरन्तर राख्नका लागि स्रोत जुटाउने प्रयास गरिरहेको छ भने बीमा बोर्डबाट बाँकी रकम प्राप्त भएपछि औषधी खरिद गर्ने तयारीमा रहेको जानकारी पनि अध्यक्ष रिमालकाे भनाइ रहेकाे छ । आर्थिक संकटको चपेटामा परे पनि चरिकोटको यो अस्पताल जनस्वास्थ्यको सेवामा समर्पित भएर अघि बढिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button