Headlineबिशेषसमाचारसमाज

हेड्स नेपालद्वारा जेन्जी आन्दोलनका घाईतेलाई राहत सहयोग

२०८२ कार्तिक १६, नेपाल सम्वत् ११४६ कछलाथ्वग द्वादशी तिथि आइतबार तदानुसार २ नाेभेम्बर २०२५


काठमाण्डौं । हेड्स नेपालद्वारा जेन्जी आन्दोलनको दौरानमा तीन गोली लागेर गम्भीर घाइते भएका धर्मेन्द्र शाहीलाई राहत-सहयोग प्रदान गरिएको छ।

कार्तिक १५ गते हरिबोधिनी एकादशीका दिन जेन्जी आन्दोलनका क्रममा गम्भीर घाइते भएका धर्मेन्द्र शाहीलाई नागार्जुन-१ स्थित उहाँकै आवासमा गएर आर्थिक राहत सहयोग स्वरूप नगद २० हजार प्रदान रुपैँया गरेको हो।

कालिकोट जिल्ला, शुभकालिका-६, छाउडी निवासी २२ बर्षीय शाही गएको भदौ २३ गते जेन-जी आन्दोलनका क्रममा नयाँबानेश्वरमा छातीमा तीन गोली लागेर गम्भीर घाईते शाहीलाई सिभिल अस्पतालको आईसियूमा राखेर २३ दिनसम्म उनको सघन उपचार भएको थियो ।

अस्पताल स्राेतका अनुसार तीनवटा वटा गोलीमध्ये अझै एक गोली निकाल्न बाँकि रहेको जानकारीका साथै उनी पूर्ण रूपमा स्वस्थ हुन अझै ८/९ महिना बढी लाग्ने अनुमान रहेकाे छ ।

घाइते शाहीले दिएकाे जानकारी अनुसार उनकाे घरपरिवार आर्थिक रुपमा त्यति सक्षम छैनन् तथापि बुवा र विशेषत दिदी-भिनाजुले येनकेन धान्दै आइरहेकाे बताइएकाे छ । उनी हाल सी•ए• अध्यनरत छन्।

सहयाेगी दाता हेड्स नेपालले “दिलोज्यानले मानव समुदायको सेवा गरौं ” भन्ने उदात्त लक्ष्य लिएर विशेषत स्वास्थ्य, शिक्षा र कृषि लगायत प्राकृतिक प्रकोपका घटनाहरूमा विगत ३२ बर्षदेखि निरन्तर तनमनले यथाशक्य सेवा पुर्याउँदै आई रहेको संस्थाका एक सदस्यले बताएका छन् ।

स्मरण रहाेस्, यस हेड्स नेपाल नामक सामाजिक संस्थाले आफ्नै सदस्यहरूको सदस्यता शुल्कबाट र परोपकारी सहयोगी मनहरूको सहयोगमा सञ्चालित नितान्त विशुद्ध तथा पवित्र परोपकारी, सामाजिक, स्वयंसेवीकाे रूपमा स्थापना काल (वि.सं. २०५०) देखि हालसम्म स्वास्थ्य, शिक्षा, कृषि, जैविक प्रकाेप तथा प्राकृतिक प्रकोपहरूमा देशव्यापी रूपमा योगदान पुर्याउँदै आईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
3
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button