Breaking Newsसमाचार

देशमा राजनीतिक संकट आउनुमा नेतृत्वले जिम्मेवारी स्वीकार गर्नुपर्ने एमाले नेताहरूकाे भनाइ

काठमाडौँ – नेकपा एमाले पार्टीमा आन्तरिक लोकतन्त्र नभएको, जेन-जी आन्दोलनपछि उत्पन्न राजनीतिक संकट आउनुमा नेतृत्व जिम्मेवार रहेको भन्दै एमालेभित्रकै नेताहरूले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेका छन् ।

ललितपुरमा जारी केन्द्रीय कमिटीकाे बैठकमा बोल्दै नेताहरुले राजनीतिक संकट आउनुमा नेतृत्वले जिम्मेवारी स्वीकार गर्नुपर्ने बताएका छन् । ‘यो राजनीतिक अवस्था आउनुमा नेतृत्वले जिम्मेवारी स्वीकार गर्नुपर्छ,’ उनीहरुको भनाइ थियो, ‘नयाँ ढंगले अघि बढ्नुपर्छ ।’

आगामी महाधिवेशनबाट नेतृत्व हस्तान्तरण हुनुपर्ने माग गर्दै फरक विचारलाई सम्मान गर्नुपर्ने बताउने नेताहरूमारामलाल साह, रचना खड्का, झपड रावल, प्रकाश शाह, नरेन्द्र श्रेष्ठ, सुरेन्द्र मानन्धर, बाबुराम थापा, नवीना लामा, नरकुमारी पुन र ठम्मर विष्टलगायतका रहेकाे जानकारी पार्टी निकट स्राेतले जनाएका छन् । बैठकमा नेताहरुले बोल्नेक्रम भने जारी नै रहेकाे पनि स्राेतले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button