Headlineबिशेषसमाचारसमाज

काठमाडौँ महानगरपालिकाले ३२ स्थानमा स्वदेशी फूलमाला बिक्री–वितरणकाे व्यवस्था

काठमाडाैं – काठमाडौँ महानगरपालिकाले यस वर्षकाे तिहारमा पनि स्थानीय फूल उत्पादनलाई प्रोत्साहन गर्दै काठमाडाैंकाे ३२ स्थानमा फूलमालाको बिक्री–वितरणकाे व्यवस्था मिलाएकाे महानगरपालिका स्राेतले जनाएकाे छ ।

साेही सन्दर्भमा विगत तीन वर्षदेखि स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै आयातित वस्तुको निरुत्साहन गर्न निरन्तर लागि परेकाे काठमाडाैं महानगरपालिकाले प्लास्टिकजन्य फूलमालाको बिक्री–वितरणमा रोक लगाएका थिए ।

यसवर्षकाे तिहारमा पनि काठमाडौँ महानगरपालिकाले कर्तिक १ देखि ३२ स्थानमा स्वदेशी फूलमाला बिक्री–वितरणका लागि स्थल व्यवस्था गरेको जानकारी सहितकाे धारणा राख्दै पालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जालमा भनेका छन्,- ”हाम्रो उद्देश्य आयातित र प्लास्टिक मालालाई पूर्ण रूपमा निषेध गर्दै नेपाली किसानले उत्पादन गरेका फूलहरूलाई प्रोत्साहन र प्राथमिकता दिनु हो।”

साथै मेयर शाह भन्छन्,- ”अघिल्ला वर्षहरूमा जस्तै यस वर्ष पनि किसानलाई बजारमा सहज पहुँच प्रदान गर्न, ढुवानीमा सहयोग गर्न र अवैध माला बिक्री गर्नेहरूमाथि कारबाही गर्न तयारी गरिएको छ। नेपाल चेम्बर अफ कमर्स र फ्लोरिकल्चर एसोसिएसन नेपालसँगको सहकार्यमा कोल्ड स्टोर तथा बजार क्षेत्रको अनुगमन पनि गरिनेछ। हाम्रो चाहना वास्तविक किसानले आफ्नो उत्पादनको उचित मूल्य प्राप्त गरून् र उपभोक्ताले स्वदेशी फूलमै गर्व महसुस गर्न सकून् भन्ने हो।”

सामाजिक सञ्जालमा शाहले स्वदेशी उत्पादित कृषि, फूलबारी लगायत अन्य वस्तुकाे स्तराेत्तर गर्न नेपाली स्वयं जागृत हुनुपर्ने मनशाय व्यक्त गर्दै भनेका छन्,- ”नेपाल अहिले सयपत्री र मखमली फूलमा लगभग आत्मनिर्भर भइसकेको छ। त्यसैले, यस तिहारमा स्वदेशी फूलको प्रयोग गरौँ ।आफ्नो संस्कृति, नेपालमै फुलेका फूल हाम्रो पहिचान हो, यही हाम्रो सम्मान हो।”

नगरपालिकाका अनुसार फूलमाला बिक्री–वितरणका लागि काठमाडौँमा तोकेका ३२ स्थानहरू निम्नानुसार रहेका छन्:- एन.भी. सेन्टर – नयाँ बानेश्वर, बिग मार्ट – शंखमूल, आइ प्लेक्स मल – नयाँ बानेश्वर, सेल्सबेरी – मध्यबानेश्वर, फोनेक्स टावर– बत्तीसपुतली, तीनकुने चौर– तीनकुने, सिफल चौर – सिफल, एसी कम्प्लेक्स – चाबहिल, चाबहिल गणेशस्थान तरकारी बजार – चाबहिल, के.एल. टावर पूर्व – चाबहिल, चाबहिल सेन्टर अगाडि – चाबहिलमा ताेकिएका छन् ।

त्यसैगरी धर्म चक्र पार्क – स्वयम्भू, कालिमाटी ब्याङ्क्वेट – कालिमाटी, द्यौखेल – कालिमाटी, भाटभटेनी – कलङ्की, भ्याली कोल्ड स्टोर – नयाँ बजार, बुद्ध महल – माछापोखरी, गुणस्तर खाल्डो – माछापोखरी, वडा ५ अगाडिको डबली – हाँडीगाउँ, गणेश मन्दिर डबली – हाँडीगाउँ, कोइराला स्मार्ट – सामाखुशी, वडा २६ परेका छन् ।

यसैगरी बिक्री केन्द्रमा सेल्सबेरी – महाराजगञ्ज, बिग मार्ट – गङ्गबु, बिग मार्ट – चपलकारखाना, बिग मार्ट – बालुवाटार, आइटी भवन – कमलादी, वडा २८, स्टार मल – पुतलीसडक, वडा २८, भाटभटेनी – अनामनगर, वडा ९, टेबहाल मन्दिर – सुन्धारा, काठमाडौँ महल – सुन्धारा, वडा कार्यालय निर्माण स्थल – अद्धेतमार्ग, वडा २८ र बजरा कम्प्लेक्स (न्यू प्लाजा) – गुडमार्ट रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
2
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button