Headlineबिशेषसमाचारसमाज

काठमाडाैं क्षेत्र नं. ३१ का राप्रपाद्वारा आयाेजित दशैंको विशेष कार्यक्रम प्रतिकूल परिस्थितिवश श्रद्धाभावमा परिणत

काठमाडौं – काठमाडाैं क्षेत्र नं. ३१ का राप्रपा पार्टीकाे तर्फबाट गत स्थानीय निर्वाचनमा उमेदवार बनेका सदस्यहरूले यस वर्षको वडादशैंको चियापान र शुभकामना आदानप्रदान कार्यक्रमलाई स्थगन गरी देशकाे परिस्थति विपद र संकटमा परेकाे बेलामा तमाम नेपालीजनमा श्रद्धाभाव सहित समवेदना व्यक्तमा टुग्याइएको छ ।

राप्रपाकाे तर्फबाट काठमाडाैं महानगरपालिकाकाे नगरप्रमुखका उमेदवार एवं वरिष्ठ कलाकार मदनदास श्रेष्ठले भेटघाटको उद्देश्यबारे प्रष्ट पार्नुहुँदै गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको क्रममा नेपाल राज्यभरमै अकल्पनीय जनधनकमे क्षति भएको र दशैंको सेरोफेरोमा देशका विभिन्न स्थानमा बाढी पहिरो गएर धेरै नै जनधनको अकल्पनीय क्षति भएकोमा दुःख व्यक्त गर्नु भएको छ ।

कलाकार श्रेष्ठले सधैंजसो कोजाग्रत पूर्णिमाको दिनमा शुभकामना तथा चियापान कायक्रम गरिंदै आएको भएपनि यस वर्ष परम्परागत रीतिरिवाज अनुरुप दशैं मान्न बाध्य भएर आफ्ना घर जाने क्रममा पहिरोले सडक थुनिएर हजारौं यात्रुहरू अलपत्र परेको खबरले आफू अत्यन्तै दुखित भएको बताउनु भएको छ ।

यसै क्रममा उहाँले आफ्नो संस्थाले यस वर्ष देशैभर अस्वभाविक परिस्थितिवश मृत्युवरण गरेका मृतकहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै असैह्य पीडामा रहेका मृतकका परिवार र प्राकृतिक प्रकोपले विक्षिप्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा समवेदना व्यक्त गर्दै आजको कार्यक्रमलाई श्रद्धासुमनस्वरूप अर्पण गरिएको बताउनु भएको छ ।

काठमाडाैंको विजुली बजार स्थित एक सभाकक्षमा आयोजित भेटघाट कार्यक्रममा राप्रपाका केन्द्रिय काेषाध्यक्ष शोभित उप्रेती लगायत कानुनी वरिष्ठ अधिवक्ताहरू, केही नगरपालिकाका नगरप्रमुख, वागमती प्रदेश सभा सदस्य, समाजसेवी, सिने कलाकार सहित दिग्गज व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

यसै अवसरमा काठमान्डौ महानगरमा गत स्थानिय निर्वाचनमा राप्रपाको तर्फवाट काठमाडाैं महानगरपालिकाका वडासम्मका उम्मेदवारहरूद्वारा काठमान्डौ क्षेत्र नं. १ वासीसंग आपसी भेटघाट एवं आपसी भलाकुसारीमा संपन्न गरिएको हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button