HeadlineUncategorizedबिशेषराजनिति

आत्मसमीक्षा गर्न तैयार नहुने राजनीतिज्ञ

नेपालको राजनीतिक इतिहासमा यति गहिरो र विध्वंसात्मक मोड सायद कहिल्यै आएको थिएन। सिंहदरबार, सर्वोच्च अदालत, शीतलनिवास, देशका प्रमुख सत्ता केन्द्रहरू जनआक्रोशको ज्वालामा खरानी बने। तर यति भयावह घटनाक्रमपछि पनि देशका शीर्ष नेताहरू- केपी शर्मा ओली, शेरबहादुर देउवा, र पुष्पकमल दाहाल ‘प्रचण्ड’हरू आत्मसमीक्षा गर्न तयार भएनन्। उनीहरू अझै पदमा टाँसिएर बसिरहेका छन्, मानौं देश जले पनि उनीहरूको कुर्सी सुरक्षित रहोस्।

प्रधानमन्त्री ओली नेपाली सेनाको सुरक्षा घेरामा छन्, तर उनको अवस्थाबारे स्पष्टता छैन। बालुवाटारदेखि झापा, च्यासल, बालकोटसम्मका उनका सम्पत्ति र पार्टी संरचना ध्वस्त पारिए। देउवा दम्पतीको बूढानीलकण्ठ दरबार खण्डहरमा परिणत भयो, सार्वजनिक बेइज्जतीको चरम भोगे। प्रचण्ड र उनकी छोरी गंगाको निवास तथा पेरिसडाँडाको पार्टी कार्यालय पनि जनआक्रोशको शिकार बने।

यी दृश्यहरू केवल राजनीतिक असफलताको परिणाम होइनन्यी- जनताको चेतावनीको चरम अभिव्यक्ति हुन्। वर्षौंसम्म जनताले चप्पल प्रहार, थप्पड, स्वतन्त्र उम्मेदवारको जितमार्फत सन्देश दिइरहे। बालेन शाह, हर्क सापकोटा, गोपी आचार्यजस्ता स्वतन्त्र धारका नेताहरूको उदयले जनताको मनोविज्ञान स्पष्ट गरिसकेको थियो। तर पुराना नेताहरूले चेतेनन्। उनीहरूले आफन्तवाद, स्वार्थ समूहसँग साँठगाँठ, र पदमा टाँसिने प्रवृत्ति त्याग्न सकेनन्।

अझ चकित पार्ने कुरा- देउवा र प्रचण्डका घरमा जलेर पनि डलर र नेपाली नोटका अवशेष भेटिनुः के भ्रष्टाचारको प्रमाण घरमै सिञ्चत नगदको रूपमा देखिएको हो ? जनताले अब प्रश्न गर्न थालेका छन् बैंकमा आय स्रोत देखाउनु पर्ने, तर घरमा पैसा किन ?

जेनजी आन्दोलन केवल क्रोधको विस्फोट होइन, यो एक युगान्तकारी चेतना हो। अब जनताले केवल अनुहार होइन, प्रणाली परिवर्तनको माग गरिरहेका छन्। नेताहरूले बुझ्नुपर्छ, राजनीति अब सेवा हो, स्वार्थ होइन। यदि उनीहरूले अझै नबुझे, जनताले फेरि उठ्नेछन्। र यसपटक, केवल घर होइन, संविधान र सत्ताको संरचना नै फेरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button