तीन मन्त्रालयका मन्त्री बन्दै कुलमान घिसिङ, अर्थमा रामेश्वर खनाल र गृहसहित २ मन्त्रालयमा ओमप्रकाश अर्याल

काठमाडाैं – अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की पाँच मन्त्रालयका लागि तीन मन्त्रीकाे मन्त्रिमण्डल बनाएकी छन्।
प्रधानमन्त्रीकाे पदभार ग्रहण गरेकै दिन उनले तीन अलगअलग क्षेत्रका प्रतिष्ठित व्यक्तिको नाम मन्त्रीका लागि टुंगो लगाएकी हुन्। जसमा अधिवक्ता एवं अधिकारकर्मी ओमप्रकाश अर्यालले गृहका साथै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन्।

त्यसैगरी पूर्वअर्थसचिव रामेश्वर खनालले अर्थ मन्त्रालय सम्हाल्ने भएका छन् भने कुलमान घिसिङले भौतिक पूर्वाधार तथा निर्माण मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र सहकारी विकास मन्त्रालय उनले सम्हाल्नेछन्।
प्रधानमन्त्री कार्कीले मन्त्रिमण्डल गठनका लागि सिफारिस शीतलनिवासमा गएर राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरिसकेकी छन्। नवनियुक्त मन्त्रीहरुको शपथ भोलि सोमबार हुने शीतलनिवास स्रोतले जानकारी दिएकाे छ ।