Breaking NewsHeadline
अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्की: संविधानको धारा ६१ को ऐतिहासिक प्रयोग

काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ६१ को उपधारा ४ टेकेर पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री नियुक्त गरेका छन्।
यो निर्णय जेनजी आन्दोलनको मागअनुसार गरिएको हो, जसले नागरिक नेतृत्वमा संक्रमणकालीन सरकारको माग गर्दै आएको थियो। अब नेपालको राजनीतिक परिदृश्यमा एक ऐतिहासिक मोड आएको छ।
नेपालको संविधानको धारा ६१ मा राष्ट्रपतिको भूमिका निम्नानुसार परिभाषित गरिएको छ:
१) नेपालमा एक राष्ट्रपति रहनेछ।
(२) राष्ट्रपति राष्ट्राध्यक्ष हुनेछन्।
(३) राष्ट्रपतिले राष्ट्रिय एकताको प्रवर्द्धन गर्नेछन्।
(४) संविधानको पालन र संरक्षण राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ।
यही उपधारा (४) लाई आधार मानेर राष्ट्रपतिले देशको अस्थिर राजनीतिक अवस्थालाई सम्बोधन गर्दै कार्कीलाई नेतृत्व सुम्पेका हुन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?