Breaking NewsHeadline

गलत समाचारकाे पछि नलाग्न नेपाली सेनाकाे अनुराेध

काठमाडौं – देश विखण्डित अवस्थामा गुज्रिरहेकाे अवस्थामा समामजिक सञ्जालहरूमा भ्रामक र गलत समाचारहरू सम्प्रेषण भइरहेकाे पाइएकाेले नेपाली सेनाले ती कुराहरूकाे विश्वास नगर्न र पछि नलाग्न अनुराेध गरेकाे छ ।

पछिल्लो समय विभिन्न प्रकारका टिका टिप्पणी, धारणा र विश्लेषणहरु सम्प्रेषण भइरहेको बताउँदै गलत, भ्रामक र झुटा समाचारमा विश्वास नगर्न नेपाली सेनाले आम सर्वसाधारणलाई अनुरोध गरेका हुन् ।

नेपाली सेनाले एक सूचना जारी गर्दै विशेष जानकारीका लागि जनसम्पर्क तथा सूचना निर्देशनालयलगायतका स्थानीय स्तरमा पृतना हेडक्वार्टरसँग समन्वय गर्न पनि अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button