Breaking NewsHeadline

स्कुलका विद्यार्थीको हत्याको विरोध र जेनजी आन्दोलनको सर्मथनमा जोरपाटी बौद्धका किशोरहरू उत्रँदैं

काठमाडौं – भदौ २३ मा भएको जेन जेडको शान्तिपूर्ण प्रदर्शनमा सरकारले चरम दमन गर्दै स्कmुलबाट फर्किरहेको विद्यार्थी समेतलाई निशाना बनाएर गोली हान्दै १८ जना युवाहरूको हत्या गरेको विरुद्धमा आज २४ गते बिहानैदेखि देशैभर वुहत् आन्दोलन भइरहेको जानकारी प्राप्त भइरहेको छ ।

यसै सन्दर्भमा काठमाडौंको बौद्ध र गोकर्णेश्वर नगरपालिकाको जोरपाटी चोक, जम्बुडाँडा नयाँबस्ती चोक तथा गल्लीहरूमा प्रधानमन्त्रीको पुतला सहितको प्रदर्शन गर्दै विरोध जनाएका छन् ।

प्रदर्शनकारीहरूले काठमाडौं महानगरपालिका वडा नं. ६ बौद्धस्थित प्रहरी वृत्त परिसरमा नै प्रधानमन्त्रीको पुतला देखाउँदै जलाएका छन् । त्यसै गरी अस्थायी प्रहरी चौकी जम्बुडाँडा परसिरमा समेत आगजनी गरेर विरोधमा उत्रिएका छन् ।

पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे निवास ताेडफाेडकाे प्रयासः

उपत्यकामा जेनजीको दोस्रो दिनको आन्दोलन अझ उग्र बनेको छ । कर्फ्यूका बाबजुद प्रदर्शनकारी नेताको घर र निवासमा तोडफोडमा उत्रिएका छन् ।

यसैक्रममा एक समूह माओवादी अध्यक्ष एवं पुर्वप्रधानमन्त्री प्रचण्डको खुमलटारस्थित निवासमा पुगेको छ । त्यहाँ प्रदर्शनकारीहरू गेट तोडफोडसहित भित्र पस्ने तयारीमा छन् ।

सुरक्षाकर्मीहरूले नियन्त्रण गर्ने प्रयास गर्दैछन् तथापि प्रदर्शनकारी पछि हट्न मानिरहेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button