नेवाः देय् दबूको ३१औँ जन्मोत्सव भव्यताका साथ सम्पन्न

काठमाडाैं – राजधानीको खुसीबु स्थित विनायक प्यालेसमा नेवाः देय् दबूको ३१ औँ जन्मोत्सव भव्यताका साथ सम्पन्न भएको छ ।
प्रमुख अतिथि दबूका संरक्षक मल्ल के. सुन्दर रहेको सो समारोहमा दबूका केन्द्रीय अध्यक्ष पवित्र वज्राचार्यले गरेका थिए । मूलतः प्रमुख अतिथिमा उपप्रधान तथा शहरी विकास मन्त्री माननीय प्रकाशमान पिसंहलाई आमन्त्रण गरिएको भए पनि समयाभावको कारण उपस्थित भएनन् ।
नेवाः देय् दबूको जन्मोत्सव कार्यक्रममा बागमती प्रदेश सरकारमा नयाँ नियुक्ति पाएका नेवार समुदायका तीनजना मन्त्रीहरूलाई विशेष सम्मान गरिए । जसमा सामाजिक विकास मन्त्री माननीय कञ्चनचन्द्र वादे र उद्योग, वाणिज्य, भूमि तथा प्शासन मन्त्री बिन्दु श्रेष्ठ रहेका थिए । संस्कृति तथा पर्यटन मन्त्री भने उपस्थित रहेन ।

वर्र्षेेनीप्रदान गरिंदै आएको जनही एक लाख धनराशी पुरस्कार यसवर्ष नारायणदेवी तीर्थ समाज सेवा पुरस्कार नेपाल भाषा मंका खलः ललितपुरका हिराकाजी महर्जनलाई, नारायणदेवी तीर्थ व्यवसायी प्रोत्साहन पुरस्कार पौभा चित्र निर्माण गरि व्यवसायी बनेका भक्तपुर निवासी ज्ञानरत्न वज्राचार्यका परिवार पार्वती वज्राचार्यलाई र गिरिधरलाल नेपाल भाषा सेवा पुरस्कार साहित्यकार फणिन्द्ररत्न वज्राचार्यलाई प्रदान गरिएको छ । पुरस्कार प्रदानको सन्दर्भमा डां पुष्पराज राजकर्णिकारले संक्षिप्त व्याख्या गरेका थिए ।
कार्यक्रममा परम्परागत मञ्जुश्री नृत्य प्रस्तुत गरिएको छ । कार्यक्रममा सभापति केन्द्रीय अध्यक्ष पवित्र वज्राचार्यले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

परम्परागत मञ्जुश्री नृत्यका साथ आरम्भ भएको सो जन्मोत्सव समारोहमा दबूका संरक्षक नरेश ताम्रकार तथा प्रमुख अतिथि संरक्षक मल्ल के. सुन्दरले दबूको वास्तविकता र यथार्थ समस्यालाई निराकरण गर्न सबैको एक मत र एक जुट हुनुपर्नेमा कसैकसैले अवाञ्छित गतिविधि गर्न खोजिएकोमा दुःख लागेको बताए । साथै दबू कुनै राजनीतिक दलको शाखा उपशाखा नभएकोले सिङ्गो नेवार समुदायका लागि एकता अपरिहार्य रहेको बताएका छन् ।
कार्यक्रम पहिलो खण्ड महासचिव सत्यनारायण डंगोलले सञ्चालन गरेका थिए भने दोस्रो खण्ड सचिव मचाराजा महर्जनले सञ्चालन गरेका थिए ।