Uncategorized

आज हिन्दु नारीहरूको महान पर्व तीज

आज हिन्दु नारीहरूको महान पर्व तीज धुमधामका साथ मनाइँदैछ । यसै सिलसिलामा नेपाल राज्यभरका शिव मन्दिरहरूमा रातो साडी र चाोलीमा सजिएका विवाहित अविवाहित नारीहरूको अपार भीड लागेको छ ।

आराध्यदेव आदि अनादि महादेवकी धर्मपत्नी पार्वती माताले महादेव पति पाउनका लागि अनेकौं कष्ट झेलेर निराहार उपवास बसेकी देखेर महादेव स्वयं प्रकट भएर वरदान सहित स्वीकारेपछि विवाह भएको कथन विभिन्न पुराणहरूमा उल्लेख गरिएको छ ।

साेही अनुरुप हिन्दु नारीहरूले अविवाहित भएमा असल गुणी र इमानदार पति पाउन यो व्रत बसिएको कथन छ भने विवाहित महिलाहरूले पतिको दीर्घकालीन सुस्वास्थ्य, दीर्घायु तथा समुन्नत जीवनको कामना गर्दै शिवजीको आराधना गरि व्रत बस्ने परम्परा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button