Headlineबागमती प्रदेश जिल्ला खबरबिशेष

सच्चा सन्तानकाे उदहारणः भीम–कमल फाउण्डेशनद्वारा बालगृहलाई अत्यावश्यक सामग्री सहयोग

बाबुकाे मुख हेर्ने दिन कुसे औँसीमा सामाजिक उत्तरदायित्वको अनुपम उदाहरण

भीमेश्वर दाेलखा,– हिन्दु धर्ममा मानिएका बाबुकाे मुख हेर्ने दिन अर्थात् कुसे औँसीको पावन अवसरमा भीमेश्वर नगरपालिका–२ तिखातल निवासी समाजसेवी श्री भीम बहादुर श्रेष्ठ र श्रीमती कमला देवी श्रेष्ठले एक अतुलनीय सामाजिक कार्य गरेका छन् ।

बागमती प्रदेश दाेलखा जिल्ला भीमेश्वर नगरपालिका-२ तिखातल निवासी भीमबहादुर श्रेष्ठले आफ्ना पिता दल बहादुर श्रेष्ठ तथा उनकी धर्मपत्नी कमलदेवी श्रेष्ठकी पिता प्रेम बहादुर श्रेष्ठको स्मृतिमा गौरीशंकर बालगृहका बालबालिकाहरूलाई अत्यावश्यक सामग्री प्रदान गर्दै सामाजिक उत्तरदायित्वको अनुपम उदाहरण प्रस्तुत गर्नुभएको छ।

भीम–कमल फाउण्डेशनको तर्फबाट गरिएको यस सहयोग अन्तर्गत बालगृहका १६ जना बालबालिकालाई १६ जोर स्कुल जुत्ता तथा १६ जोर स्पोर्ट्स सुज हस्तान्तरण गरिएको हो।

यस अवसरमा गौरीशंकर बालगृह परिवारले दिवंगत आत्माहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै, सहयोगदाताप्रति गहिरो आभार प्रकट गरेको छ। बालगृहले श्री श्रेष्ठ दम्पतीको निरन्तर समाजसेवामा समर्पित भावनाको उच्च मूल्याङ्कन गर्दै उहाँहरूको उत्तरोत्तर प्रगतिशील भविष्यको शुभकामना व्यक्त गरेको छ।

श्री भीम बहादुर श्रेष्ठ र श्रीमती कमला देवी श्रेष्ठ विगतदेखि नै शिक्षा, स्वास्थ्य तथा बालकल्याणका क्षेत्रमा सक्रिय रहँदै आइरहनु भएको छ। उहाँहरूको यो योगदानले समाजमा सकारात्मक ऊर्जा फैलाएको छ।

स्मरणीय कुरा ती दम्पत्तीका सुपुत्र विमल श्रेष्ठ (हाल अमेरिका)ले पनि दाेलखा लगायत विभिन्न स्थानका विद्यालयहरूमा सामाजिक सेवा अनुरुप विविध सहयाेग दिंदै आइरहनु भएकाे छ । हाल उक्त दाेलखा जिल्ला बाल संगठनमा संयाेजक रामकृष्ण सदस्यहरूमा राजन श्रेष्ठ, बद्री दाहाल, विञ्जु श्रेष्ठ र मनमैया दाेङ्ग रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button