
भक्तपुरको मध्यपुर थिमि–५ स्थित पोबुटोलमा सोमबार साँझ देखाइएको परम्परागत सांस्कृतिक कार्यक्रम “सलाचा प्याखँ” अर्थात् “घोडा नाच” गाईजात्राको भोलिपल्टदेखि चार दिनसम्म प्रत्येक राति विभिन्न स्थानहरूमा प्रदर्शन गरिन्छ।
मध्यपुर थिमि–५, पोबुटोलबाट सुरु हुने याे नाच भुलाङ्खेल, दिगुटोल, लायकू, दथुटोल, बालकुमारी र चपाचोलमा प्रदर्शन गर्ने गरिन्छ ।
“घोडा नाच” मध्यपुर थिमिको एक विशेष सांस्कृतिक परम्परा हो, जुन गाईजात्रा पर्वसँग सम्बन्धित छ। यसमा घोडाको स्वरूपमा सजिएका व्यक्तिहरूले नाच प्रस्तुत गर्छन्, जसले समुदायमा रमाइलो वातावरण सिर्जना गर्छ।
भक्तपुरको सांस्कृतिक विविधता र परम्परागत कला प्रदर्शनको जीवित उदाहरण प्रस्तुत गररहेकाे मध्यपुर थिमिका संस्कृतिविद्हरूकाे भनाइ रहेकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
https://shorturl.fm/hRxRI